काठमाडौँ – स्थानीय तहको निर्वाचन सार्न माग गर्दै परेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्ने भएको छ ।
महोत्तरीको भंगहा नगरपालिकाका मेयर सन्जीवकुमार साहले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्दा आफूहरूको ५ वर्षे अवधि पूरा नहुने भन्दै निर्वाचन सार्न माग गर्दै दिएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । साहको निवेदन माघ २६ मा सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीले निवेदनको आधार नभएको भन्दै दर्ता गर्न अस्वीकार गरेका थिए ।
रजिष्ट्रार पन्थीको निर्णयविरुद्ध मेयर साहले इजलासमा निवेदन दिएका थिए । त्यसमाथि सुनुवाइ गर्दै बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाले निवेदन दर्ता गर्न आदेश दिएका हुन् ।
आदेशमा नेपालको संविधान र स्थानीय तह निर्वाचन ऐनका विभिन्न दफाहरूको व्याख्या गर्नुपर्ने देखिएको भन्दै निवेदन दर्ता गर्न आदेश दिइएको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्