बुटवल- स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ । दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन । थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार रहेको खुलेको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख ४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्