दलित समुदायले बुटवलमा गठबन्धनलाई भोट दिनुुपर्नेमा जोड

दलित समुदायले बुटवलमा गठबन्धनलाई भोट दिनुुपर्नेमा जोड

बुटवल -आसन्न स्थानीय तहको निर्वाचनमा दलित समुदायले गठबन्धनलाई साथ दिनुपर्ने सरोकारवालाहरुले बताएका छन । केपि शर्मा ओली प्रधानमन्त्री भएको बेला दलित समुदायमाथि जातीय विभेद हुनुका साथै आरक्षण व्यवस्था हटाउने गरि प्रयास थालेको भन्दै उनीहरुले परिवर्तनकारी एजेन्डा बोक्ने गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिएका हुन । स्थानीय तहको निर्वाचनको संघारमा नेपाल दलित संघले मंगलबार बुुटवलमा पाँच दलीय गठबन्धनमा आवद्ध दलित अगुवा कार्यकता भेलामा बोल्नेहरुले यस्तो कुरा बताएका हुन ।

नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेले बुटवलमा दलित समुदायका हक अधिकार सुनिश्चितताका लागि आफू निरन्तर लागि पर्ने बताए । उनले बुटवलमा दलित समुदायको मत आफ्नो पक्षमा भएको बताउँदै विजयी पश्चात जनताका घरदैलोमा पुगि समस्याहरुको समाधान गर्ने समेत बताए ।
त्यस्तै गरी नेकपा एकीकृत समाजवादीका तर्फबाट उपमेयर पदका उम्मेदवार चिन बहादुर गुरुङले बोल्दै समृद्ध बुटवल निर्माणको लागि दलित समुदायको साथ र सहयोगको आवश्यकता परेको बताउँदै आफूलाई विजयी बनाउन आग्रह गरे ।
त्यस्तैगरी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अनुशासन आयोगका केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडीले बुटवलमा नेकपा एमालेले पाँच वर्षको कार्यकालमा दलित समुदायका हितमा काम गर्न नसकेको बताए । उनले चुनावका बेला सुकुम्बासी दलित वस्तीलाई भोट बैंकको रुपमा प्रयोग गर्दै जातीय विभेद तथा छुवाछुतको अन्त्य हुन नसकेको बताए । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य रबि विकले पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता भएको बताए । उनले दलित समुदाय राजनीतिक परिवर्तनमा ठुलो त्याग र तपस्या भएकोले पनि गठबन्धनलाई जिताउन सबै तहबाट लाग्नु पर्ने बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सदस्य डोलेन्द्र गहतराज, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कृष्ण चुनारी, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय मानार्थ सदस्य तथा परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोकबहादुर नेपालीले बोल्दै बुटवलमा पाँच दलीय गठबन्धनलाई जिताउन आफ्नो समुदायको पक्षबाट निरन्तर लागि पर्ने बताए । नेपाली कांग्रेसका महासमिति सदस्य सुन्दर कुमार गहतराजको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जीवन परियारले गरेका थिए ।

प्रकाशित मिति : मंगलबार, बैशाख २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij