बुटवल -सशक्त बचत तथा ऋण सहकारी संस्थाले ३ दिने रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्ने गरेको छ ।
बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३ दिने रणनीतिक योजना निर्माण कार्यशाला कार्यक्रम सम्पन्न गरेको हो।कार्यक्रममा रुपन्देही जिल्ला सहकारी संघका कोषाध्यक्ष तथा जिवीका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दामोदर पंगेनीले सहजीकरण गर्नुभएको थियो।
सहभागी सबै सदस्यहरुले विभिन्न समूह बनाई व्यापक छलफल गरि,सहकारी स्थापना भएदेखि हालसम्म र अब ३ बर्षभित्र यस सहकारी संस्थालाई सक्षम,दिगो,प्रतिस्पधी,भरपर्दो बनाउन सबै सदस्यहरु कटिबद्ध रहने बताएका छ।
संस्थाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले यस्ता रणनीतिक योजना पश्चात् सहकारीले अझै द्रुतगतिमा अघि बढ्ने र यसको प्रत्यक्ष लाभ सहकारीका सबै सदस्यहरुले प्राप्त गर्ने बताउनुभयो।
वाणगंगा ३,राजापानी कपिलवस्तुको रिसोर्ट मा सम्पन्न कार्यक्रममा सञ्चालक समिति,लेखा सुपरिवेक्षण समिति,सल्लाहकार समिति,विभिन्न उपसमिति र कर्मचारीहरु गरि ३१ जनाको सहभागीता रहेको थियो।२०७९ असार ९ देखि शुरु भएको कार्यक्रम असार १२ गते समापन भएको थियो।
प्रकाशित मिति : सोमबार, असार १३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्