काठमाडौं – प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । दिउँसो तीन बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन)बारे छलफल गर्ने तयारी गरिएको छ ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बुधबारको संसद बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए ।
नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिए विरोध गरे पनि उनीहरूको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए।
प्रकाशित मिति : बिहिबार, असार ३० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्