राहदानी, लाइसेन्स र लालपुर्जाबाट मतदान गर्न पाइने, फोटोकपि भने नचल्ने

राहदानी, लाइसेन्स र लालपुर्जाबाट मतदान गर्न पाइने, फोटोकपि भने नचल्ने

काठमाडौं

आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ ।

निर्वाचन आयोगले आज मतदान गर्नका लागि यस अघि मतदाता परिचयपत्र अनिवार्य भनेपनि त्यसलाई संशोधन गर्दै मतदाता परिचयपत्रको विकल्पमा राहदानी, लालपुर्जा वा सवारी चालक अनुमतिपत्र देखाएर मतदान गर्न पाइने व्यवस्था गरेको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै आयोगले मतदाता परिचय पत्रको विकल्पमा साथमा लिएर जाने परिचय खुल्ने कागजात भने सक्कली हुनु पर्ने जनाएको छ ।
प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी भने समानूपातिक पद्धती अन्तर्गत दलले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुनेछन् ।

प्रतिनिधिससभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् ।

देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । कुल मतदाताको संख्या अघिल्लो निर्वाचनको तुलनामा करिव १४ प्रतिशत बढी हो ।

प्रकाशित मिति : आइतबार, मंसिर ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij