बुटवल नहरपुरमा आज एक महिलाले गरिन श्रीमानमाथि चक्कु प्रहार

बुटवल नहरपुरमा आज एक महिलाले गरिन श्रीमानमाथि चक्कु प्रहार

बुटवल । बुटवल उपमहानपालिका-११ नहरपुरमा आज विहान एक महिलाले श्रीमानमाथि चक्कु प्रहार गरेकी छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार विहान करिव ४ बजेको समयमा महिलाले चक्कु प्रहरारबाट स्थानीय ३० वर्षीय सुरज गुरुङ घाइते भएका छन् ।

आपसी बिवादका कारण श्रीमानमाथि चक्कु प्रहार गर्ने महिला ३८ वर्षीया पवित्रा गुरुङलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट घाइते सुरजको टाउको र घाँटीमा चोट लागेको छ । लुम्बि प्रादेशिक अस्पतालबाट थप उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ । उनको अवस्था खतरामुक्त भएको चिकित्सकले जनाएका छन् । घटनाको सम्पूर्ण विवरण बारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : बुधबार, मंसिर १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij