काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन आयोगका पदाधिकारीले आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे जानकारी गराएका छन् ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्च अधिकारीहरूले आज प्रधानमन्त्री कार्कीलाई भेटेर यसबारे जानकारी गराएकाे हाे । आयोगले चुनावका लागि आउँदाे माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको छ ।
भेटका अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षामन्त्री महावीर पुन, कानूनमन्त्री अनिकुमार सिन्हा, मुख्यसचिवलगायत सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्