काठमाण्डौ – नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय समूह निर्वाचन आयोगको निर्णयको विरुद्धमा भोलि सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले नेपाली कांग्रेस आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको समूहलाई दिएपछि देउवा पक्ष समूह सर्वोच्च अदालत जाने भएको हो ।
पार्टी केन्द्रीय कार्यलयमा आज बसेको देउवा पक्ष समूहको बैठकले आयोगले गरेको निर्णय विरुद्ध संवैधानिक एवम् कानूनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँले आयोगले आफूहरुको कुरा समेत नसुनीकन एकपक्षीय ढङ्गले निर्णय गरेको आरोप लगाउनुभयो ।
विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित सङ्ख्या समेत आयोगले नहेरिकन दुषित मनसायले आयोगले निर्णय गरेको उहाँको दाबी छ । उहाँले नेपाली कांग्रेसको वैधानिकता १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र आफूहरुसँगै रहेको पनि दाबी गर्नुभयो ।
प्रकाशित मिति : शनिबार, माघ ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्