बुटवलमा मिक्सचरले मोटरसाइकललाइ ठक्कर दिदा एकको मृत्यु

बुटवलमा मिक्सचरले मोटरसाइकललाइ ठक्कर दिदा एकको मृत्यु

 

बुटवल-बुटवलमा मिक्सचरले मोटरसाइकललाइ ठक्कर दिदा घाइते भएका एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ । बुटवलको मिलनचोक नजिकै मिक्सचरले मोटरसाइकललाइ ठक्कर दिदा घाइते भएका मोटरसाइकल चालक गुल्मीको रेसुङ्गा नगरपालिका ४ का सरोज भण्डारीको उपचारकै क्रममा मृत्यु भएको हो ।

लु १ क ३३७० नम्बरको मिक्सचरले राजमार्ग चौराहबाट मिलनचोक जाँदै गरेको लु ३५ प १०९१ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो ।
२०बर्षीय भण्डारीको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटना बिहान सबा ११ बजेतिर भएको थियो । घाइतेको लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा उपचार हुन नसकेपछि क्रिमसन अस्पताल लगीएको थियो । भण्डारीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले बताए । उनका अनुसार ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन ।

 

प्रकाशित मिति : सोमबार, पुष २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij