दाङ – दाङको घोराही उपमहानगरपालिका-९ मा गोठ भत्किँदा दुई वर्षीया बालिकाकाे ज्यान गएको छ।
घोराही उपमहागनरपालिका-९ मा आज बिहान माटोले बनेको गोठ भत्किँदा च्यापिएर इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको ज्यान गएको हो।
गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियाे । उनकाे उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रकाशित मिति : शनिबार, असार ३२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्