विपद्जन्य अवस्था नभएका जिल्लामा सोमबार (आज)सार्वजनिक बिदा नदिने

विपद्जन्य अवस्था नभएका जिल्लामा सोमबार (आज)सार्वजनिक बिदा नदिने

काठमाडौं, गृह मन्त्रालयले विपद्जन्य अवस्था नभएका जिल्लामा सोमबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ।

आज देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरी मन्त्रालयले विपद्जन्य अवस्था नभएका ठाउँमा सरकारी कार्यालयबाट प्रवाह हुने नियमित सेवा प्रवाहको काम नरोक्न निर्देशन दिएको हो।

मन्त्रालयका सहसचिव जयनारायण आचार्यले भने, ‘जिल्लाको अवस्था के कस्तो छ भनेर प्रमुख जिल्ला अधिकारीहरूले निर्णय गर्छन्। विपद्जन्य अवस्था छैन भने कार्यालयहरूले सेवा दिनुपर्छ।

काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पनि विपद्जन्य अवस्था नरहेकाले अब सेवा निरन्तर गर्नुपर्ने उनले बताए ।

शुक्रबारदेखि भीषण वर्षा भएपछि सरकारले सम्भावित विपद्लाई मध्यनजर गरी आइतबार र सोमबार दुई दिन बिदा घोषणा गरेको थियो। तर, आइतबारबाट मौसममा सुधार हुन थालेपछि सोमबारको बिदा कटौती गरेको हो।

प्रकाशित मिति : सोमबार, असोज २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij